९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रगति सहकारीको बार्षिक कारोवार पौने २ अर्ब


जनमञ्च संवाददाता
  • २३ पौस २०७९ , शनिबार

  • प्रगति सहकारीको बार्षिक कारोवार पौने २ अर्ब

    बागलुङ, २३ पुस– प्रगति बहुउदेश्यीय सहकारी संस्था बागलुङले पौने २ अर्बभन्दा बढिको कारोवार गरेको छ । आर्थिक बर्ष ०७८÷०७९मा प्रगति सहकारीले १ अर्ब ८२ करोड ९० लाख ७ हजार ५९१ रुपैयाँ कारोवार गरेको हो ।
    बार्षिक रुपमा ४ करोड ३३ लाख १ हजार २८२ आम्दानी गरेको सहकारीले ३ करोड ६१ लाख ६७ रुपैयाँ खर्च गरी खुद मुनाफा ७२ लाख १ हजार २१५ कमाएको छ ।
    सहकारीको शुक्रबारदेखि सुरु भएको साधारणसभामा कोषाध्यक्ष तुलसीनाथ गौतमले आर्थिक प्रतिवेदनमार्फत बार्षिक कारोवारको जानकारी दिदै शेयर रकम ७ करोड २२ लाख ८८ हजार ५०० रहेको बताए । संस्थामा तरलता १८ प्रतिशत रहेको छ ।
    जिल्लाको बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीमा ४६६ महिला र ५१९ पुरुष गरी ९८९ जना शेयर सदस्य रहेका छन् । प्रगतिले काठेखोला–२ भीमापोखरामा सेवा केन्द्रस्तरीय साधारणसभा गर्दै आगामी बर्षको निती तथा कार्यक्रम र अनुमानित बजेटको वारेमा शेयर सदस्यहरुलाई बतायो ।
    संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काठेखोला २ का वडाध्यक्ष विद्यापति शर्माले सहकारीले उत्पादनमुलक काममा लगानी गरी शेयर सदस्यलाई आत्मनिर्भर बनाउनुुपर्नेमा जोड दिए । शर्माले शेयर सदस्यको सक्रियतामा सहकारीले प्रगति गर्दै अगाडि बढेको बताउदै मुलुकको अर्थतन्त्रलाई मजवुद बनाउन पनि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताए ।
    कार्यक्रममा दुग्ध उत्पादक केन्द्रिय सहकारी संघका सञ्चालक सदस्य दिपक गौतम, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, गुहेली सञ्चार सहकारी संस्थाका टिकाराम उपाध्याय लगायतले शुभकामना मन्तब्य दिदै सहकारीले उदेश्यमा केन्द्रित कार्यक्रम गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन सहसचिव बालकृष्ण शर्माले र स्वागत उपाध्यक्ष तोयानाथ गौतमले गरेका थिए ।
    सो अवसरमा ७५ बर्ष पुगेका जेष्ठ शेयर सदस्य र शेयर सदस्यका परिवारलाई सम्मानसहित भत्ता वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ कारोवारी ४ जनालाई सम्मान गरिएको थियो । उपसचिव शर्मा र कोषाध्यक्ष गौतमले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयर सदस्यहरु चन्द्रमणी उपाध्याय, लीलाराम सापकोटा, गंगा हमाल, राम प्रसाद शर्मा, होमनाथ गौतम, कृष्ण थापा लगायतले जिज्ञासा राखेका थिए भने अध्यक्ष पौडेल र प्रबन्धक मुना शर्माले जिज्ञासामाथि स्पष्ट पारेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend