९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सहकारी संघले अगुवाको भूमिका निर्वाह गर्नुपर्छ : थापा


जनमञ्च संवाददाता
  • २५ पौस २०७९ , सोमबार

  • सहकारी संघले अगुवाको भूमिका निर्वाह गर्नुपर्छ : थापा

    बागलुङ, २५ पुस– जिल्ला सहकारी संघ बागलुङको १४ औ बार्षिक साधारणसभा आइतबार बागलुङमा सम्पन्न भएको छ ।
    साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारी संघ सहकारीहरुको अगुवा भएकाले सबै सहकारीको समृद्धिका लागि भुमिका निर्वाह गर्नुपर्न आग्रह गरे । ‘सहकारीमा भएका बिकृतिलाई न्युनिकरण गर्दै उत्पादनमुलक क्षेत्रमा लगानि बढाउन आवश्यक छ’ थापाले भने ।
    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघका केन्द्रिय संचालक चण्डी प्रसाद शर्मा पौडेल, दुग्ध सहकारी संघका केन्द्रिय संचालक दिपक गौतम, नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका संचालक खिमबहादुर कार्की, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, संघका सल्लाहकार तेजेन्द्र थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुवँर र स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्माले बोलेका थिए ।
    कार्यक्रममा संघका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले रिक्त रहेको संघको सचिवमा साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद शर्मालाई चयन गरेको छ ।
    कार्यक्रम संघका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र कोषाध्यक्ष लक्ष्मण पुनको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend