बागलुङ, २५ पुस– काठेखोला गाउँपालिका–५ बिहुँकोट कर्लिमस्थित सृजना दुग्ध उत्पादक सहकारी संस्थाको २१ औँ साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले सहकारीको माध्यमबाट नागरिकको आर्थिक उन्नती हुनुपर्ने बताए । उनले सहकारीमार्फत समृद्धि हासिल गर्नका लागि गाँउपालिकाले अध्ययन गरिरहेको जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष ज्ञामनाथ कँडेल, पुर्व वडा अध्यक्ष शिवप्रसाद कँडेल, संगम कृषि सहकारीका अध्यक्ष प्रेम पुन, पुर्व वडा सदस्य खगिसरा न्यौपाने, सहकारीका सल्लाहकार गौरीशंकर शर्मा सुबेदी, कर्लिम आधारभुत विद्यालयका प्रअ लिलाधर कँडेल, एकता सहकारी संस्थाका सचिव महेन्द्र प्रसाद कँडेल, वडा सदस्य डिलराम कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संस्था सचिव केशवप्रसाद कँडेलले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिएभने धेरै तथा गुणस्तरीय दुध बेच्ने कृषकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष तुलसी प्रसाद कँडेलको अध्यक्षता, सेयर सदस्य चिरञ्जिवी कँडेलको स्वागत र सचिव केशवप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।