बागलुङ, ३० पुस– नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको जिल्ला अधिवेशनको तयारी थालेको छ ।
अनेरास्ववियु जिल्ला कमिटिले केन्द्रिय निर्देशन अनुसार आगामी माघ १३ र १४ गते हुने जिल्लाको अधिवेशनको तयारी थालेको हो । अनेरास्ववियु जिल्ला कमिटिले जिल्ला अधिवेशनका लागि आवश्यक, संगठन बिस्तार, सदस्यता वितरण, बिभिन्न उपसमिति गठन गरेको अनेरास्ववियु बागलुङ जिल्ला संयोजक रोशन कुँवरले बताए ।
अधिवेशनका लागि विभिन्न कमिटि तथा उपसमिति गठन गरेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा प्रचार—प्रसार विभाग प्रमुख रोशन जिसीले जानकारी दिए । जिल्ला अधिवेशनको मुल आयोजक समितिमा जिल्ला कमिटि रहने भएको छ ।
अधिवेसन सम्पन्न गर्न ५ सदस्यीय रहेको आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोशन कुँवर, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा रोशन जिसी, प्रचार—प्रसार उपसमितिको संयोजकमा विज्ञान शर्मालाई चयन गरिएको छ ।
त्यसैगरी, स्वयंमसेवक उपसमितिको संयोजकमा सुगम खड्का, अतिथि सत्कार उपसमितिको संयोजकमा अमृता जिसी रोका, सांस्कृतिक उपसमितिको संयोजकमा मनिष कंडेल र हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा घनश्याम कंडेललाई चयन गरिएको छ ।