९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बस्दै


जनमञ्च संवाददाता
  • ४ माघ २०७९ , बुधबार

  • सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बस्दै

    काठमाडौं, ४ माघ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बोलाएका छन् । प्रमुख सचेतक रमेश लेखकका अनुसार सभापति देउवाले बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।
    बैठकले सभामुखमा उम्मेदवारी दिने कि नदिने, अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने, उम्मेदवार दिए कसलाई बनाउने भन्ने टुंगो लगाउने नेता लेखकले बताए । कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको छ ।
    कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ । संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend