९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

खानपानमा ध्यान दिए मात्रै क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने


जनमञ्च संवाददाता
  • २१ माघ २०७९ , शनिबार

  • खानपानमा ध्यान दिए मात्रै क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने

    काठमाडौं, २१ माघ– आज विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामुल कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेबु्रअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।
    नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछ । यस वर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नारा तय गरिएको छ ।
    नेपालमा बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । खानपानमा ध्यान पु¥याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
    नेपालमा बर्सेनी १५ हजारभन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ । सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ ।
    धुम्रपानपछि वंशाणुगत कारणले पनि फोक्सोको क्यान्सर हुने गर्दछ । विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । धुम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend