१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

फागुनको पहिलो साता १५ लाख नयाँ खोप बाइभलेन्ट नेपाल आउने


जनमञ्च संवाददाता
  • २४ माघ २०७९ , मंगलबार

  • फागुनको पहिलो साता १५ लाख नयाँ खोप बाइभलेन्ट नेपाल आउने

    काठमाडौं, २४ माघ– कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभलेन्ट खोप फागुनको पहिलो साता नेपाल आउने भएको छ ।
    कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
    चौरसियाका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म खोप आउने कार्यतालिका रहेको छ । ‘अहिले हामीले १५ लाख मागेका हौं । यसको खपतको आधारमा पछि आवश्यकता हेरेर थप १५ लाख ल्याउने योजना छ’, चौरासियाले भने ।
    छिमेकी देश चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ–७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । विज्ञका अनुसार, ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभलेन्ट खोप बढी प्रभावकारी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend