९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेप्सेमा उच्च अङ्कको गिरावट


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • नेप्सेमा उच्च अङ्कको गिरावट

    काठमाडौं, २९ माघ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।
    आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबरको कारोबार भएको छ ।
    आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ५७ दशमलव १३ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३८ दशमलव ३६ अङ्कले घटेको छ । बैंकिङ समूह २७ दशमलव ९७, विकास बैंक समूह एक सय ४१ दशमलव ५९, वित्त समूह ८४ दशमलव ७० र होटल तथा पर्यटन समूह ९० दशमलव ८७ अङ्कले घटेको छ ।
    त्यस्तै, जलविद्युत् समूह एक सय १० दशमलव ६५, लगानी समूह दुई दशमलव ६३, उत्पादन तथा प्रशोधन समूह दुई सय २० दशमलव ७३ र लघुवित्त समूहको उपसूचक एक सय दुई दशमलव ७३ अङ्कले घटेको छ । आज म्युचुअल फन्ड शून्य दशमलव १२, अन्य समूह ३७ दशमलव १६ र व्यापार समूह ४० दशमलव १६ अङ्कले घटेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend