९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुने


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुने

    काठमाडौं, २९ माघ– चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्नेगरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
    यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा उपनिर्वाचनको मिति चाँडो तोक्न दबाब दिँदै आएको छ ।
    मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६ सय ४९ मत मात्रै ल्याएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend