काठमाडौं, १ फागुन– फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’को ३ लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार खोप भित्रिएको जानकारी दिए ।
चौरासीयाले गाभीमार्फत प्राप्त खोेपलाई विभागमा भण्डारणमा राखिने बताए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको सब–भेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार सोमबार तीन लाख ४५ हजार मात्रा खोप भित्राईएको हो ।