बागलुङ, ३ फागुन– राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला सम्मेलनको तयारीलाई तीव्र बनाएको छ । आगामी फागुन १९ गतेदेखि २१ गतेसम्म बागलुङ बजारमा हुने राजमोको सातौँ जिल्ला सम्मेलन हुदैछ ।
सम्मेलनलाई सफल पार्न बरेङ, जैमिनी, बानपा, निसीखोलालगायत ६२ स्थानमा सम्मेलन तथा भेला सम्पन्न भएको जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिए । बाँकी ठाउँमा फागनु १३ गतेसम्म सम्मेलन तथा भेला सम्पन्न हुने र सम्मेलन सफल पार्न बिभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलनमा जिल्लाभरका प्रतिनिधी र पर्यवेक्षक गरि ४ सय ८५ जना सहभागी हुने छन् ।
केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्ने सम्मेलनका लागि राष्ट्रिय जनमोर्चाको जिल्ला समिति बैठकले सम्मेलन सफल पार्नका लागि अमर थापाको संयोजकत्वमा मुल व्यवस्थापन र साँगठनिक प्रतिवेदन तयारी समिति गठन गरेको छ ।
त्यसैगरी, भिमलाल पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति, दिलबहादुर दर्जीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, दिपक थापाको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन र थानेश्वर सुवेदीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।