९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया विजयी


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७९ , शुक्रबार

  • अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया विजयी

    नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन् । उनी निवर्तमान महासचिव पनि हुन् । बडालले ९ सय ६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३ सय ५६ मत पाए ।
    त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राती विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।
    निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
    यसैगरी, सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend