९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७९ , शुक्रबार

  • एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै

    काठमाडौं, ५ फागुन– नेकपा एमालेको मिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान आजदेखि सुरु गर्दैछ ।
    अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्नुहुनेछ । त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।
    आजको बैठकमा अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुंगो लगाउँदै अभियानअन्तर्गत केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् ।
    एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend