काठमाडौं, ५ फागुन– भारतबाट पेट्रोल तथा डिजेल दुवैको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएर नयाँ मूल्य पठाएको छ ।
हरेक १५ दिनमा नयाँ मूल्य कायम गर्ने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरसनको सम्झौता छ । जसअनुसार १६ तारिखमा नयाँ मूल्य आएको निगमको भनाई छ ।
अहिले पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ प्रतिलिटर, डिजेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ रहेको छ । तर, निगमले अझै घटामा रहेको बताएको छ । निगमले इण्डियन आयल निगमलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।