९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रपतिबारे एक–दुई दिनभित्रै सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७९ , शुक्रबार

  • राष्ट्रपतिबारे एक–दुई दिनभित्रै सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं, ५ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।
    भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताए । उनले भने, ‘गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।’
    एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री दाहालसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।
    राष्ट्रपतिको निर्वाचन नजिकिँदै गएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आएका छन् भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend