९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धार्मिकस्थलमा हात्तिपाइले बिरुद्धको अभियान


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०७९ , आइतबार

  • धार्मिकस्थलमा हात्तिपाइले बिरुद्धको अभियान

    बागलुङ, ७ फागुन– महाशिवरात्रीको अबसरमा बागलुङका विभिन्न शिव मन्दिरमा पूजा गर्ने, भजनकृतन तथा अन्य विभिन्न गतिविधि गरेर शिवरात्री मनाउँदा हात्तिपाइले रोगविरुद्वको अभियानलाई समावेश गरिएको छ ।
    बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिरमा हात्तिपाइले रोगबिरुद्ध भजन प्रतियोगितासहित शिवरात्री मनाइएको छ । नगर स्वास्थ्य शाखाको सहयोगमा आयोजित भजन प्रतियोगितामा हात्तिपाइले रोग निको पार्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने सन्देश दिइएको थियो ।
    त्यस्तै, ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयमा आयोजित ८७ औं शिवरात्री समारोहमा पनि हात्तिपाइले रोगबिरुद्धको औषधि खानुपर्ने सन्देश दिइयो । बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले हात्तिपाइले बिरुद्धको अभियानबारे जानकारी गराएका थिए ।
    धार्मिक क्षेत्रका मानिसले औषधि नखाएको धेरै पाइएको खनालको भनाई थियो । सहरी क्षेत्रका, ठूला र अग्ला घरमा बस्नेहरुले औषधि नखाएकोले बागलुङ नगरसहित जिल्लामै हात्तिपाइलेका बिरामी बढीरहेको तथ्यांक छ । खनालका अनुसार, बागलुङ नगरपालिकाभित्र मात्रै झण्डै ८० जना हात्तिपाइलेका संक्रमित रहेका छन् ।
    सबै धार्मिक स्थलमा सचेतना फैलाइएको हात्तिपाइले बिरुद्धको औषधि सेवन फागुन १० गतेदेशि शुरु हुनेछ । यो अभियानमा अनिवार्य औषधि खान सबै पक्षले आग्रह गरेका छन् । फागुन ११ गते टोलटोलमा खुवाइने कार्यक्रम पनि छ ।
    ‘यो पटक सुरक्षाकर्मी जस्तै सबै शिवमन्दिरमा पुगेर भक्तजनलाई हात्तिपाइले रोग बिरुद्दको औषधि सेवन गरिदिन आग्रह गरिएको छ’ जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन् । अन्य धार्मिक आस्था राख्नेले पनि औषधि सेवनमा आनाकानी गरेपछि धार्मिक गुरुमार्फत औषधि खानका लागि आग्रह गर्न लागिएको शर्माले जानकारी दिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend