९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रकम भुक्तानीमा ढिलाई हुँदा निसीखोलाका सर्वसाधारण स्वास्थ्य बिमाबाट बञ्चित


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७९ , बुधबार

  • रकम भुक्तानीमा ढिलाई हुँदा निसीखोलाका सर्वसाधारण स्वास्थ्य बिमाबाट बञ्चित

    बागलुङ, १० फागुन– जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बिमा बापतको रकम समयमै भुक्तानी नगर्दा सर्वसाधारण स्वास्थ्य बिमा सुविधाबाट बञ्चित भएका छन् ।
    सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागि गराउन गाउँपालिकाले बिमा बापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो । स्वास्थ्य बिमाका लागि फाराम भरेर बसेका निसीखोलाबासी बिमा सुविधा उपभोगबाट बञ्चित बनेका हुन् ।
    गाउँपालिकाले पहिलो चरणको ६४ लाख रुपैयाँ बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्न सकेको छैन । गत असारमा सम्पन्न दशौं गाउँसभाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो ।
    ५ हजार ४ सय घरधुरीका लागि निःशुल्क बिमा गर्न गाउँसभाले राजश्व बाडफाँडबाट २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियोे । पालिकाले पहिलो चरणमा ९ हजार १ सय ८५ जनाको विवरण संकलन गरेपनि बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाई भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।
    संघ, प्रदेश र पालिकाको श्रोतको राजश्व बाँडफाँडबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको ३ महिनामा स्वास्थ्य बीमाको सेवा लिन पाउने प्रावधान छ । प्रदेश र संघबाट बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाई छ ।
    गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आएपनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र संघीय सरकारबाट थोरै बजेट आयो, एक सातामा बजेट हेरेर भुक्तानी गछौं’ चन्दले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend