१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

मरेनीको ४४ रोपनी बाँझो जग्गामा सामूहिक आलुखेती


जनमञ्च संवाददाता
  • १३ फाल्गुन २०७९ , शनिबार

  • मरेनीको ४४ रोपनी बाँझो जग्गामा सामूहिक आलुखेती

    म्याग्दी, १३ फागुन– जिल्लाको धौलागिरि गाउँपालिका लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयले सामूहिक आलुखेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फँडानी गरेर आलुखेती विस्तार गरेका हुन् ।
    समूहमा आबद्ध १८ जनाले व्यावसायिक रुपमा सामूहिक आलु खेती गरेको अध्यक्ष गौसरा विकले बताइन । यो वर्ष एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत आलुखेती विस्तार गर्ने योजना बनाएको छ ।
    मरेनीमा जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको छ । गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए ।
    ‘बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षांैदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा आलु खेतीबाट स्थानीयको आयआर्जनमा टेवा पुग्नेछ’ थापाले भने ।
    गाउँपालिकाले चालु आर्थिक वर्षमा आलुपकेट कार्यक्रमको लागि १२ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट मरेनी र मराङमा बाँझो जमिनमा खेती विस्तार, मिनीटिलर हलो र अन्य कृषि सामग्री खरिदमा सहयोग गरिने कृषि शाखाले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend