९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धवलागिरीको मरेनी र बुल आलु पकेटक्षेत्र


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७९ , बिहिबार

  • धवलागिरीको मरेनी र बुल आलु पकेटक्षेत्र

    म्याग्दी, १८ फागुन– जिल्लाको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन विकास कार्यक्रम सुरु भएको छ । कार्यक्रममार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले एक सय १४ रोपनी बारीमा आलुखेती गरेका छन् ।
    व्यावसायिक आलुखेती विस्तार, उत्पादन, प्रविधिमा सहयोग, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरिएको शाखाका प्रमुख आश्विन खत्रीले जानकारी दिए ।
    कृषकलाई उपकरण, बीउ, विषादी र बजारीकरणमा ५० प्रतिशत अनुदानको सुविधा छ । गाउँपालिकाको लगनशील बहुउद्देश्यीय समूह र बुलझर्मका कृषि जडीबुटी तथा पशुपंक्षी कृषक समूहलाई चालु वर्षमा ६÷६ लाख अनुदान दिइने शाखा प्रमुख खत्रीले बताए ।
    आठवटा मिनिटेलर हलो माग गरेका समूहले १२ हजार किलोग्राम बीउ आलु रोपेका छन् । कार्यक्रममार्फत मरेनीमा १८ घरधुरीले २० वर्षदेखि बाँझो रहेको जग्गामा आलुखेती विस्तार गरेका छन् भने बुलका ४० घरधुरीले व्यक्तिगत जग्गामा आलुखेती गरेका छन् ।
    एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गरी आलु लगाइएको लगनशील कृषक समूहका अध्यक्ष गौसरा विकले बताइन् । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा थप एक सय रोपनीमा आलु लगाउने तयारी गरेको जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend