२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

खाद्य सुरक्षाबारे विद्यालयलाई गराईयो सचेत


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७९ , शनिबार

  • खाद्य सुरक्षाबारे विद्यालयलाई गराईयो सचेत

    बागलुङ, २० फागुन– गुणस्तरहिन खाद्यबस्तुको प्रयोगले बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाईमा सदरमुकामका केही बिद्यालयलाई खाद्य सुरक्षाबारे सचेत गराईएको छ ।
    डिभिजन कार्यालयसहित जिल्ला प्रशासन, बागलुङ नगरपालिका, घरेलु तथा पर्यटन उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले केही विद्यालयमा संयुक्त अनुगमन गरी खाद्य सुरक्षाबारे सचेत गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्राविधिक सहायक सहन्साकुमार मेहताले जानकारी दिए ।
    अनुगमनका क्रममा बिद्यालयलाई खाद्य स्वच्छताका आधारभुत मापदण्डको पालना गर्न आग्रह गरिएको थियो । बिद्यालयले बिद्यार्थीलाई खुवाउने खाजाको गुणस्तर मापन गर्न बिद्यालयका क्यान्टीनको अनुगमन गरिएको मेहताको भनाई छ ।
    खाद्य स्वच्छताका आधारभुत मापदण्ड पालना भएनभएबारे बुझ्न अनुमगन गरिएको हो । गुणस्तरहिन सामग्रीको प्रयोगबाट बच्न र बचाउन अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend