९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

५ वर्षमा बन्यो मल्कबाङमा स्वास्थ्यचौकी भवन


जनमञ्च संवाददाता
  • २४ फाल्गुन २०७९ , बुधबार

  • ५ वर्षमा बन्यो मल्कबाङमा स्वास्थ्यचौकी भवन

    म्याग्दी, २४ फागुन– जिल्लाको धवलागिरि गाउँपालिका वडा नं. ५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसँगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।
    वल्र्डवाइड मालीका भगवती जेभीले २०७४ मंसिरमा १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी १ करोड ९० लाखमा स्वास्थ्यचौकी भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । निर्माणको ढिलासुस्ती, कोरोना, निर्माण सामग्री ढुवानीमा भएको समस्याले ढिला गरी भवन निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले जनाएको छ ।
    भवन निर्माण सम्पन्न भएपछि स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष अमर छन्त्याल र स्वास्थ्यचौकी प्रमुख जगदेवी छन्त्याललाई भवन हस्तान्तरण गरिएको इञ्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिए । उनका अनुसार, पहिरोले भवन जोखिममा परेपछि पर्खाल र ग्याबिन जाली लगाएर संरक्षणको काम गरिएको छ ।
    अन्तिम पटक गत पुस मसान्तसम्मका लागि थप भएको समयसिमाभित्र निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपछि कार्यालयको तर्फबाट जाँच गरिएको थियो । नवनिर्मित दुई तलाको १३ कोठे भवनमा बिरामीको उपचारका लागि शय्या, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ ।
    स्वास्थ्य चौकीबाट मल्कबाङसंगै मलम्पार र भेडीखाल्टाका करिब २ सय ५० घरधुरीले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् । भवन निर्माणले मल्कबाङको स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने वडाध्यक्ष अमर छन्त्यालले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend