९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुलुकले आज नयाँ राष्ट्रपति पाउँदै


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०७९ , बिहिबार

  • मुलुकले आज नयाँ राष्ट्रपति पाउँदै

    काठमाडौं, २५ फागुन– मुलुकले आज नयाँ राष्ट्रपति पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।
    राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।
    राष्ट्रपतिको निर्वाचनमा प्रदेश सभातर्फ ५ सय ५० र संघीय संसदतर्फ ३ सय ३२ जनाको मतदाता रहेका छन् । मतदानका लागि संघीय संसद् भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
    मतदान बिहान १० बजेदेखि सुरु भइ ३ बजेसम्म हुने छ भने ३ बजेपछि लामबद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने छ । अपराह्न ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते राती १२ बजेसम्म रहेकाले त्यसको भोलिपल्ट अर्थात् २९ गते नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुनेछ । भण्डारी त्यसैदिन शीतलनिवास छाडेर निजी निवास चपली जाने तयारीमा छन् ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले भने आज निर्णय गर्ने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend