९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नारी दिवसमा प्रगतीको सहकारी शिक्षा


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०७९ , बिहिबार

  • नारी दिवसमा प्रगतीको सहकारी शिक्षा

    बागलुङ, २५ फागुन– १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले महिला शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सञ्चालन गरेको छ । बागलुङ बजारको राधाकृष्ण मन्दिर सभाहलमा सञ्चालित सहकारी शिक्षामा १५० जना महिला शेयर सदस्यको सहभागिता रहेको थियो ।
    सहकारीको बिषयमा महिला शेयर सदस्यहरुलाई जानकारी गराउने, उत्पादनसँग महिला शेयर सदस्यलाई जोड्ने, सहकारी र महिला शेयर सदस्यको दुरी कम गराउन सहकारी शिक्षा सञ्चालन गरिएको अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । सहकारी शिक्षा कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।
    कार्यक्रममा सहकारीको अबस्था, सहकारीका कार्यक्रम र उपलव्धीहरुको बिषयमा अध्यक्ष पौडेलले जानकारी गराएका थिए । पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकारीका उपाध्यक्ष तोयानाथ गौतम र सञ्चालन सञ्चालक सदस्य विजयराज पन्तले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend