२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026
राष्ट्रिय युवा संघ बागलुङको अधिवेशन

निष्ठाको राजनीतिले सफलता हात लाग्छ : अध्यक्ष पौडेल


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७९ , आइतबार

  • निष्ठाको राजनीतिले सफलता हात लाग्छ : अध्यक्ष पौडेल

    बागलुङ, २९ फागुन– नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले युवाहरुलाई उद्यम र रोजगारीमा लाग्न सुझाव दिएका छन् । ‘राजनीतिमा लाग्ने युवाहरु आफ्नै खुट्टामा उभिन उत्पादनसँग जोडिनु पर्छ’ पौडेलले भने ।
    पौडेलले युवाहरुले एकअर्काको रिस र डाहा नभई सहयोग गर्नुपर्नेमा जोड दिए । सबै युवाले एकैखालको व्यवसाय गर्ने, रोजगारीको क्षेत्रसमेत एकै खालको खोज्दा धेरै युवाहरु अवसर र सफलताबाट पछि परेको भन्दै पौडेलले नयाँ युगका युवाहरुसँग नविनतम् सोँच हुनुपर्ने बताए । राष्ट्रिय युवा संघ नेपाल बागलुङको १३ औं अधिबेशनलाई आईतबार बागलुङमा सम्बोधन गर्दै पौडेलले कुनै व्यक्ति वा प्रबृत्तिको पछि लाग्ने युवा सफल नहुने बताए ।
    ‘एकाध स्वार्थका लागि नेता र सुविधाका पछि लाग्दा फाईदा होला तर कालान्तरमा सफलता पाउने भनेको मेहनत गर्नेहरुले नै हो’ पौडेलले भने ‘आँफु बलियो हुनुस्, निष्ठाका साथ राजनीति गर्नुस्, सफलता युवाहरुको हातमा आँफै आउँछ ।’
    कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, महासचिव छितिज थेवेले युवाहरुका लागि आत्मसम्मान हुनेगरी आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहभागिताको खाँचो औंल्याएका थिए । कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश इञ्चार्ज सम्पन्न श्रेष्ठ, प्रदेश अध्यक्ष महेन्द्र गुरुङले बोलेका थिए ।
    जिल्ला कमिटि अध्यक्ष बुद्ध बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रिय सदस्य सुजन केसीले गरेका थिए । अधिबेशनमा २ सय बढी प्रतिनिधि र पर्यवेक्षक सहभागि छन् । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend