९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल थाल्नुपर्छ : मुख्यमन्त्री अधिकारी


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७९ , सोमबार

  • उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल थाल्नुपर्छ : मुख्यमन्त्री अधिकारी

    बागलुङ, २९ फागुन– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दिगो बिकासका लागि जलाशययुक्त आयोजना कोशेढुंगा सावित हुने भन्दै अधिकारीले तत्काल काम थाल्नुपर्ने बताए ।
    उनले जलाशययुक्त आयोजना निर्माण पछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विद्युत आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले केन्द्र सरकरासँग अनुरोध गर्ने उनले बताए ।
    गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगंगा कम चर्चामा रहने गरेको भन्दै उनले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका सहयोग आवश्यक रहेको बताए । सम्भाव्यता अध्ययन सकिएको आयोजनाबाट ८२६ मेगावाट बिद्युत निकाल्ने योजना रहेको भएपनि काम अघि बढ्न सकेको छैन् ।
    नेकपा एमालेको ‘मिसन ग्रासरुट’अभियानअन्र्तगत ढोरपाटन उपत्यकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले ढोरपाटन क्षेत्रमा पुग्ने सडकको स्तरोन्नतीका लागि प्रदेश सरकारले योजना बनाईरहेको बताए ।
    कार्यक्रममा संघीय सांसद देवीप्रसाद भट्टचनले जनताको आर्थिक स्तर सुधार नभएसम्म समृद्धिको सपना पुरा गर्न नसकिने बताए । आयआर्जन र उत्पादनको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने उनको धारणा थियो ।
    गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठक र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले ढोरपाटन, निसी र तमानखोलाको बिकासका लागि तीनै तहका सरकारको साझा कार्यक्रम आवश्यकता रहेको बताएका थिए ।
    एमाले जिल्ला सचिवालय सदस्य बिर बहादुर बिकको अध्यक्षता, चुन्न घर्ती मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत एमाले नेता नन्दे बिकले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend