१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७९ , सोमबार

  • मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

    म्याग्दी, २९ फागुन– बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो ।
    मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए ।
    सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ ।
    अंग्रेजी वर्ष २०२३ सुरु भएयता तीन हजार छ सय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जनवरीमा एक सय ३१ र फेब्रअरीमा एक हजार छ सय ९९ पर्यटक आएका थिए । सन् २०२२ मा ४८ देशका ६५ हजार नौ सय ४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार सात सय २४ जना सार्क र १९ हजार दुई सय छ जना तेस्रो मुलुकका थिए ।
    सार्क राष्ट्रमध्ये धेरै पर्यटक भारतका हुन् । म्याग्दी भएर दैनिक ५० वटा बस र एक सय ५० जीप(पर्यटक सवारीसाधन)बाट मुस्ताङ भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अनुकुल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend