९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुस्ताङ : घट्दै चिसो, बढ्दै पर्यटक


जनमञ्च संवाददाता
  • ६ चैत्र २०७९ , सोमबार

  • मुस्ताङ : घट्दै चिसो, बढ्दै पर्यटक

    गण्डकी, ६ चैत्र– मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ ।
    चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।
    ‘चिसो छल्न पोखरा र काठमाडौं झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै गन्तव्यमा फर्कन थालेका छन्’, गुरुङले भने, ‘फागुनको २३, २४ गतेतिर हिमपात भएपछि पर्यटक हिउँमा रमाउनका लागि पनि मुस्ताङ आउने गरेका छन् ।’
    मुस्ताङको यात्रा तय गरेका पर्यटक कतिपय मुक्तिनाथसम्म पुग्ने गर्दछन् भने कतिपय नेपाल र चिनबीचको कोरला नाकासम्म पुगेर फर्कन्छन् । भौगालिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक पर्यटनसँगै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य हो ।
    पछिल्ला समय पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम बढेसँगै मुस्ताङ स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । मुस्ताङका ठिनी, स्याङ लगायतका गाउँमा घरबास पनि सञ्चालनमा आएको स्थानीय रामकुमार थकालीले जानकारी दिए ।
    उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताए । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत रहेको छ ।
    उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको झोङका स्थानीय मिककुमार गुरुङले जानकारी दिए । झोङमा रहेको पाँच तला र एक सय आठ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण गन्तव्य हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend