९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गुणस्तर अध्ययन गर्न च्याङ्ग्राको भुवा नुमना संकलन


जनमञ्च संवाददाता
  • १० चैत्र २०७९ , शुक्रबार

  • गुणस्तर अध्ययन गर्न च्याङ्ग्राको भुवा नुमना संकलन

    मुस्ताङ, १० चैत्र– गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा पालक किसानलाई भुवाको नमूना संकलन तालिम सुरू भएको छ ।
    एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८ सयवटा च्याङ्ग्राको भुवा नमूना संकलन गरिने छ । नेपालमा पहिलोचोटी गर्न लागिएको च्याङ्ग्राका भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ ।
    मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भुवाको नमूना संकलन गर्न लागिएको हो । यही चैत १३ गतेसम्म च्याङ्ग्रा भुवा संकलन तालिम र चैत १४ देखि २२ सम्म भुवाको नमूना संकलन गरिनेछ ।
    युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङ्ग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गाउँपालिकामा यो तालिम तथा भुवा संकलन कार्यक्रम सञ्चालन गरिँदैछ ।
    उच्च गुणस्तरको ठानिएको नेपाली च्याङ्ग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन । च्याङ्ग्रापालक कृषकबाट संकलन हुने भुवाको गुणस्तरबारे पश्मिनाका ग्राहकहरू जानकार हुनु आवश्यक छ । तालिममा संयुक्त अधिराज्यको ओडिसा सेन्टर लि.की डा. क्यारोल कर्भिङले आठ जना स्थानीय ऊन संकलक किसानलाई ऊन कात्ने तालिम दिँदैछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend