९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङमा क्षयरोगीको मृत्युदर कहालीलाग्दो


जनमञ्च संवाददाता
  • ११ चैत्र २०७९ , शनिबार

  • बागलुङमा क्षयरोगीको मृत्युदर कहालीलाग्दो
    SSUCv3H4sIAAAAAAAEAH1Sy27CMBC8V+o/IJ9BTRznQb+gl34B6mFjL8QixMh2qBDKv9d5kaVUvXlnxqsZe26vL6sVK8Fpyd5Xt34Ks67r1nkLXpsmwPF6wlFpb6yGOoBRj3UDw5wH3zp0ZEWpD84beTxXxhu6Q0LzN6Eswsl5fUKK7oOq1kChs2lUSgFXtd6jHdb2OHEmweMhWH70NsXdjfNqJiZ/PlDsA6H2lQSLb58htgyZ10Tl2rJXsRnq1v/s+v/mePiaw8ABG3nt3XYkh8UaYXzh3Shlx++Q+TTkmkQXrdCQGVqlDcl9MSFGfyEhm89WS90cyDXjK7RklqEL5kSAxvjByRSMqfDI/RgncZbl8VakWbKNo20k2NyP8DNaUa9jZSodKHslHttzbUChWqDHEqSccyHyKL+/6XPVRk3BxaK5d2bg0jgi3FMjJw0vFs1jOSdBki6C3x0cJVkhRgX9S92HYxkKlXNVblTEo42APNtAzPcbUGmRgcAERRpK0v0A/0X+6qIDAAA=

    बागलुङ, ११ चैत्र– जिल्लामा हरेक बर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन बर्षको तथ्यांक अनुसार बागलुङमा क्षयरोगको संक्रमण फैलिँदो अवस्था देखिएको हो ।
    आर्थिक बर्ष २०७८÷७९ मा १ सय ८५ थियो । चालु आर्थिक बर्षको आठ महिनामा मात्रै १ सय २९ जनामा क्षयरोग संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
    अघिल्लो बर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि निको भएका छन् । गतवर्ष जिल्लाभर क्षयरोगीको संख्या १ सय ८५ थियो । तीमध्ये ५६ जना बडिगाडका थिए । साउन यता बिभिन्न तहमा गरिएको परीक्षण तथा पहिचानका क्रममा ८७ जना नयाँ संक्रमित पहिचान हुँदा बडिगाडमा मात्रै ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।
    बडिगाडमा हरेक बर्ष जनचेतनामुलक कार्यक्रम, खोजपड्ताल र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दा समेत संक्रमण रोकथाम गर्न कठिन भएको घिमिरेले बताए । ‘पालिका अनुसारको तथ्यांक केलाउँदा अन्यत्रको संख्या घटेको भएपनि बडिगाडमा भने बढ्दो छ’, घिमिरेले भने, ‘बिरामीको मृत्युदरसमेत बडिगाडमा बढी छ ।’
    गतवर्ष जिल्लाभर ६ जना क्षयरोगीको मृत्यु हुँदा बडिगाडका चार जना थिए । बागलुङमा क्षयरोगीको मृत्युदर कहालीलाग्दो अबस्थामा रहेको घिमिरेले बताउनुभयो । संक्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend