९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पण्डवखानीमा रैथाने बाली संरक्षण अभियान


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७९ , मंगलबार

  • पण्डवखानीमा रैथाने बाली संरक्षण अभियान

    बागलुङ, १४ चैत्र– भूगोल अनुसार खाद्यन्न बाली लगाएर अधिकतम फाइदा लिन गलकोट पाण्डवखानीका किसानले रैथाने बाली संरक्षणको अभियान चलाएका छन् ।
    उनीहरुले आफ्नो क्षेत्रमा उत्पादन हुने फापर र लेकाली सिमीको व्यवसायिक उत्पादनमा जोड दिँदै धान र बेमौषमी तरकारीभन्दा पुख्र्यौलीदेखि उत्पादन भैरहेका खेतीमै आधुनिकीकरण गरेर मुनाफा गर्ने उनीहरुको चाहना छ ।
    कम्पोष्ट मल प्रयोग गर्दै अधिकतम उत्पादन लिनका लागि किसानले फापर खेतीमा जोड दिएका छन । घुम्टे महिला कृषक समूहमा आबद्ध ३० जना महिलाले फापर, कोदो र सिमी खेतीमा जोड दिएको समूहकी अध्यक्ष पवित्रा पुनले बताइन् ।
    ‘मैले एक बर्षमा ५ मुरी फापर र १० मुरी कोदो फलाएँ’ पुनले भनिन्, ‘बजार पाइदैन भनेर छिटो बेच्दा मूल्य पार्न सकिएन ।’ कृषि ज्ञान केन्द्र बागलुङलाई उचित मूल्यको बजार खोजीदिन उनीहरुको माग छ । किसानले फापरको प्रतिपाथी ३ सय रुपैयाँ र कोदोको प्रतिपाथी २ सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
    भण्डारण गरेर बेच्न सकेमा ३ सयको फापर ५ सय रुपैयाँसम्म पर्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताए । किसानलाई कृषिउपज भण्डारण, लेबल सहितको प्याकिङ गरेर मात्रै बजार पठाउन भनेका छौं’ भट्टराइले भने, ‘आगामी बर्ष उत्पादन बढाएर फाइदा लिने उपाय खोजका छौं ।’
    पाण्डवखानीमा तेलहन बाली प्रवद्र्धन कार्यक्रम संचालन गरेर प्रशोधन मेसिन समेत दिनेगरी केन्द्रले अध्ययन गरिरहेको भट्टराईले बताए । रैथाने बालीको स्थानीय ब्राण्ड बनाउने र तेलहन बाली लगाउने क्षेत्र बृहत बनाउने ज्ञान केन्द्रको लक्ष्य छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend