२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

ढोरपाटनमा ८ देशका नागरिकले १२ नाउर ९ झारलको सिकार गर्ने


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७९ , मंगलबार

  • ढोरपाटनमा ८ देशका नागरिकले १२ नाउर ९ झारलको सिकार गर्ने

    बागलुङ, १४ चैत्र– सिकार खेल्न विदेशी पर्यटकहरु ढोरपाटन शिकार आरक्षको सिकार ब्लकमा पुगेका छन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् ।
    ७ कम्पनीले पेशेवर विदेशी सिकारीलाई आरक्षमा सिकार गराउने छन् । यसवर्ष दोस्रो यामको लागि ७ कम्पनीबाट ८ देशका नागरिकले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।
    अमेरिकी दुई सिकारीले फागुनेमा १ नाउर, १ झारल र बार्सेमा १ नाउर, क्यानेडियन सिकारीले घुस्तुङमा १ नाउर र १ झारल, हंगेरियन सिकारीले गुस्तुङमा १ नाउर र १ झारल, फ्रान्सेली सिकारीले सुनदहमा १ नाउर र १ झारलको सिकार गर्ने छन् ।
    यस्तै, पोर्चुगलका सिकारीले सुनदह एक नाउर, पोल्याडका सिकारीले दोगाडीमा एक नाउर, रसियन सिकारीले दोगाडीमा एक नाउर र घुस्तुङमा एक झारल, स्पेनिस सिकारीले वार्सेमा एक नाउर र गुस्तुङमा एक झारल, अमेरिकन सिकारीले दोगाडी, सेङ र गुस्तुङ ब्लकमा ३ नाउर ३ झारलको सिकार गर्ने छन् ।
    सिकार गर्न दुई जना सिकारीहरू ढोरपाटन आइपुगेका छन्भने अन्य सिकारी आउने क्रम जारी रहेको अधिकृत कँडेलले बताए । यस पटक सिकारीले एक नाउरको पाँच लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि तीन लाख १० हजार रुपैयाँ राजश्व बुझाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend