९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोनाविरुद्वको बुस्टर खोप लगाउनेको संख्या आधाले घट्यो


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७९ , बिहिबार

  • कोरोनाविरुद्वको बुस्टर खोप लगाउनेको संख्या आधाले घट्यो

    बागलुङ, १६ चैत्र– जिल्लामा कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोपको तुलनामा बुस्टर डोज लगाउनेको संख्या आधा घटेको छ । पहिलो पटकको खोप अभियानमा बागलुङमा ८८ प्रतिशतले लगाएका थिए भने दोश्रो डोज ८३ प्रतिशत र बुस्टर लगाउने ४८ प्रतिशत मात्रै छन् ।
    स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु थापाका अनुसार, पहिलो डोज २ लाख १६ हजार र दोस्रो डोज २ लाख १२ हजारले लगाएकोमा बुस्टर डोज लगाउने बेलामा १ लाख ५ हजारले मात्रै लगाएका हुन् । यस्तै, १५ वर्षमाथिका नागरिकको तुलनामा विद्यार्थीले बढी खोप लगाएका छन्भने ५ देखि १२ वर्षभित्रकाले ९४ प्रतिशत खोप लगाए पनि बुस्टर लगाउन पाएका छैनन् ।
    ताराखोला गाउँपालिकामा पहिलो र दोस्रो डोज खोप शतप्रतिशतले लगाएका छन्भने काठेखोलामा ६४ प्रतिशतले मात्रै लगाएका छन् । काठेखोलामा बुस्टर समेत ४३ प्रतिशतले लगाएका छन् । पालिका तहका स्वास्थ्य शाखाले माग नगरेकोले केन्द्रबाट थप खोप मगाउन नसकिएको थापाको टिप्पणी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend