९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्वास्थ्यकर्मी र शिक्षासेवीलाई डा. तरुण पौडेल चिकित्सा पुरस्कार


जनमञ्च संवाददाता
  • १९ चैत्र २०७९ , आइतबार

  • स्वास्थ्यकर्मी र शिक्षासेवीलाई डा. तरुण पौडेल चिकित्सा पुरस्कार

    बागलुङ, १९ चैत्र– डा. तरुण पौडेल चिकित्सा कोषबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार जनालाई पुरस्कृत गरिएको छ । धौलागिरी अस्पतालमा लामो समय प्रमुखको रुपमा कार्यरत डा. पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहन गर्ने उदेश्यले स्थापना गरेको कोषबाट यसवर्ष तीन स्वास्थ्यकर्मी र एक जना सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मान गरिएको हो ।
    कोषबाट भैरहवामा कार्यरत वरिष्ठ नेत्ररोग बिषेषज्ञ प्रा. डा. साल्मा केसी, म्याग्दीमा कार्यरत अनमी लक्ष्मीकुमारी पुर्जा, पर्वतका जनस्वास्थ्य अधिकृत लक्ष्मण उपाध्याय र इन्द्रलक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी नारायण चालिसेलाई सम्मान गरिएको कोषका अध्यक्ष काजीरोशनले जानकारी दिए ।
    त्यसैगरी, यसबर्षको डा. तरुण पौडेल चिकित्सा सम्मान मोदीबेनी ज्येष्ठ नागरिक आश्रमलाई प्रदान गरिएको कोषले जनाएको छ । पुरस्कृत सबैलाई कोषका अध्यक्ष काजीरोशन, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ र कोषका अध्यक्ष डा. पौडेलले नगदसहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, संबिधानसभा सदस्य रत्ना शेरचन, पुरस्कृत व्यक्तित्व प्रा. डा. साल्मा केसी, नारायण चालिसे, दिर्घनारायण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    पुरस्कृत व्यक्तित्वबारे बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख तथा कोषका सदस्य रामप्रसाद खनालले जानकारी गराएका थिए । कार्यक्रम डा. तरुण पौडेल चिकित्सा कोषका अध्यक्ष काजीरोशनको अध्यक्षता, सदस्य देबबहादुर श्रेष्ठको स्वागत, कोषका स्थापनाकार डा. पौडेलको धन्यबाद र सदस्य शकुन्तला शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend