बागलुङ, १९ चैत्र– ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बागलुङ बजार सरसफाई गरिएको छ । बागलुङ नगरपालिका सहकारी शाखा र जिल्ला सहकारी संघको आयोजना तथा विषयगत सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको सहभागितामा बजार सरसफाई गरिएको हो ।
सरसफाईको शुभारम्भ बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए । समिट चोकदेखि, ट्राफिक चोक, टेलिकम चोक, अस्पताल रोडहुँदै धौलागिरी चोक र अर्को समूह समिट चोक, हल्लनचोकहुँदै जीपपार्कसम्म सरसफाई गरिएको थियो ।
सरसफाई कार्यक्रमका सहभागीहरुलाई बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले धन्यवाद दिएर समापन गरेका थिए । चैत १८ गते बजार सरसफाई सरसफाई गरेका सहकारीकर्मीहरुले चैत २० गते मुल समारोहको आयोजना गरेका छन् ।
जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको संयुक्त आयोजना तथा विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुको सहभागितामा हुने ¥यालीपछि मुख्य समारोह हुने जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी(अञ्जु)ले जानकारी दिइन् ।