९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रक्तिम साँस्कृतिक अभियान गलकोटको नगर भेला


जनमञ्च संवाददाता
  • २० चैत्र २०७९ , सोमबार

  • रक्तिम साँस्कृतिक अभियान गलकोटको नगर भेला

    बागलुङ, २० चैत्र– रक्तिम साँस्कृतिक अभियान गलकोट बागलुङको प्रथम नगर भेला नयाँ समिति चयन गर्दै गलकोटमा सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै सम्पन्न भएको भेलाले पुर्णबहादुर भुजेलको अध्यक्षतामा ११ सदस्यि रक्तिम सास्कृतिक अभियान गलकोट नगर समिति गठन गरेको हो ।
    समितिको उपाध्यक्षमा किरण कुँवर, सचिवमा मनिष कँडेल, सह–सचिवमा सन्देश विक, कोषाध्यक्षमा खुमा सापकोटा, सदस्यहरुमा रेशिका जिसी, सोनिया कार्की, अस्मिता गौतम र सुजन परियार, सल्लाहकारमा खडक विक, भक्तिराम पुन र लालबहादुर राना रहेका छन् ।
    भेलामा रक्तिम साँस्कृतिक अभियान जिल्ला समिति बागलुङका सचिव कुलबहादुर छन्त्याल, राष्ट्रिय जनमोर्चा वैकल्पिक केन्द्रिय सदस्य वेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंकबहादुर केसी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य विष्णु बस्नेत, अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुस्मा श्रेष्ठ, अखिल छैठौं जिल्ला अध्यक्ष गणेश सापकोटा, जातिय समता समाजका मिनबहादुर दर्जी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम रक्तिम साँस्कृतिक अभियान जिल्ला उपाध्यक्ष पुर्णबहादुर भुजेलको अध्यक्षता, अभियानका पुर्व जिल्ला सदस्य भक्तिराम पुनको स्वागत र खड्क विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend