९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सहकारीकर्मीको आव्हान– ‘ऋण तिर्दैनौ भन्नेलाई सामाजिक बहिष्कार गरौं’


जनमञ्च संवाददाता
  • २१ चैत्र २०७९ , मंगलबार

  • सहकारीकर्मीको आव्हान– ‘ऋण तिर्दैनौ भन्नेलाई सामाजिक बहिष्कार गरौं’

    बागलुङ, २१ चैत्र– जिल्लाका सहकारीकर्मीहरुले सहकारी तथा वित्तिय संस्थाबाट ऋण लिएर विभिन्न बहाना बनाउँदै तिर्दैनौ भन्नेलाई बहिष्कार गर्न आव्हान गरेका छन् । बागलुङमा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो आव्हान गरेका हुन् ।
    सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाहरुमध्ये केही व्यक्तिहरुले ऋण नतिर्नका लागि विभिन्न खाले गतिविधि गरेकोप्रति इंगित गर्दै वक्ताहरुले भने, ‘सहकारीका सदस्यहरुले गास कटाएर गरेको वचतबाट ऋण लिएर तिर्दैनौ भन्नेलाई सामाजिक रुपमा बहिष्कार र प्रतिवाद गर्नुपर्छ ।’
    केही समयदेखि तरलता अभावका कारण धेरै सहकारीमा सामान्य समस्या देखिएपनि बागलुङका सहकारीले सेयर सदस्यलाई निरन्तर सेवा दिइरहेका छन् । वक्ताहरुले सहकारीलाई व्यवसायिक रुपमा सक्षम बनाउन, आन्तरिक सुशासनलाई व्यवस्थित गराउदै आम सदस्यहरुलाई निर्धक्क कारोबार गर्ने वातावरण बनाएको बताएका थिए ।
    कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताए । ‘पछिल्लो समय धेरै सहकारीमा समस्या देखिएको छ, त्यस्ता सहकारीलाई व्यवस्थित गराउन संचालक र कर्मचारीे इमान्दारपूर्वक लाग्नुपर्छ ।’
    कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, राष्ट्रिय सहकारी बैंक संचालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका संचालक दीपक गौतम, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत र बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend