९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जैमिनीमा विज्ञ सम्मेलन : कृषिजन्य पदार्थको ब्रान्डिङमा जोड, टेलिमेडिसिन स्थापना गरिने


जनमञ्च संवाददाता
  • २१ चैत्र २०७९ , मंगलबार

  • जैमिनीमा विज्ञ सम्मेलन : कृषिजन्य पदार्थको ब्रान्डिङमा जोड, टेलिमेडिसिन स्थापना गरिने

    बागलुङ, २१ चैत्र– जिल्लाको जैमिनी नगरपालिकाले आयोजना गरेको विज्ञ सम्मेलन १३ बुँदे घोषणापत्र गर्दै सकिएको छ ।
    दुई दिनसम्म विषयगत १० जना विज्ञको प्रस्तुती, सुझाव र जनप्रनिधि र कर्मचारीको छलफलका आधारमा जैमिनी नगरपालिकाले गर्न सक्ने कामका आधारमा घोषणापत्र जारी गरिएको हो ।
    विभिन्न विषय विज्ञको सुझाव सहित १३ बुँदे जैमिनी घोषणापत्र २०७९ जारी गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले जानकारी दिए । घोषणापत्रमा विषय विज्ञहरुले प्रस्तुत गरेका विषयवस्तुलाई प्राथमिकतामा राखिएको उनको भनाई थियो ।
    नगरपालिकाले तत्कालिन र दीर्घकालिन लक्ष्य निर्धारण गर्ने, विद्यालय समायोजन र आवासीय गराउने, पढ्दै कमाउदै अवधारण लागु गर्ने, शिक्षकहरुका लागि आवश्यक ऋण सुविधा उपलव्ध गराउने, उत्पादन र बिक्रिका आधारमा मात्रै अनुदान दिने, कृषिजन्य पदार्थको ब्रान्डिङमा जोड दिने, टेलिमेडिसिन स्थापना गर्ने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने र बाँदर पीडित कृषकलाई राहत दिने र अन्य पालिकाले गरेको बाँदर नियन्त्रणको उपाय अबलम्बन गर्ने गरी घोषणापत्र जारी गरिएको छ ।
    विज्ञ सम्मेलनमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. गोविन्द आचार्यले कृषि क्षेत्र, गण्डकी प्रदेशको कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका डा. गृष्म न्यौपानेले पशुविकास क्षेत्र, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उपसचिव देवीप्रसाद सुवेदीले अर्थ तथा सार्वजनिक वित्त व्यवस्थापन क्षेत्र, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर विमल चालिसेले स्वास्थ्य क्षेत्रका विषयमा सहजीकरण गरेका थिए ।
    त्यस्तै शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शिक्षा क्षेत्र, पूर्वाधार विकास निर्देशनालय पोखराका सिनियर इञ्जिनियर रामबाबु पौडेलले पूर्वाधार विकास क्षेत्र, छत्रदेव गाउँपालिका अर्घखाँचीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण सम्बन्धी, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानीक रमेश आचार्यले कृषि अनुसन्धानको क्षेत्र र नेपाल नगरपालिका संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा सहजिकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend