९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियुको पदस्थापन


जनमञ्च संवाददाता
  • २२ चैत्र २०७९ , बुधबार

  • धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियुको पदस्थापन

    बागलुङ, २२ चैत्र– स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्यापस बागलुङको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत १८ गते सबै विद्यार्थी संगठनको प्रतिनिधित्व हुनेगरी सर्वसम्मत रुपमा स्ववियू चयन भएपछि बुधबार पदस्थापन गरिएको हो ।
    निर्वाचन समितिको आयोजनामा भएको कार्यक्रममा निवर्तमान सभापति मनबहादुर थापा मनिषले सर्वसम्मत रुपमा चयन भएका बर्तमान सभापति नेपाल बिद्यार्थी संघका सुदिप सागर कँडेललाई पदस्थापन गराएका थिए ।
    कार्यक्रममा बोल्दै धौलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले केही विवादका बिच रोकिएको निर्वाचनले सर्वसम्मत रुपमा स्ववियु निर्वाचित गर्नु क्याम्पसको इतिहासमा महत्वपूर्ण भएको बताए । स्ववियू सभापति सुदिप सागर कँडेलले बिद्यार्थीको हक हित र क्याम्पसको समग्र बिकासका लागि बिद्यार्थी र क्याम्पस प्रशासनबिच सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रममा नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेल, नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी, नेकपा माओवादी केन्द्रका संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, कर्मचारी संघका सभापति शिवराज पन्त, निवर्तमान स्ववियु सभापति मनबहादुर थापा मनिष, पूर्व सभापति चिरञ्जवी गौतम, नेविसंघका जिल्ला अध्यक्ष विशेष पराजुली, अनेरास्ववियुका केन्द्रिय सदस्य रोशन कुवँर र अखिल क्रान्तिकारीका खिमानन्द कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम निर्वाचन समितिका संयोजक गोविन्दराज गौतमको अध्यक्षता, सदस्य शिवप्रसाद पौडेलको स्वागत र सदस्य धुर्वराज गौतमको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend