९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

इको पदमार्गमा बढ्दै पर्यटकको चहलपहल


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७९ , बिहिबार

  • इको पदमार्गमा बढ्दै पर्यटकको चहलपहल

    पर्वत, २३ चैत्र– कोरोना महामारीका कारण सुनसान बनेको अन्नपूर्ण धौलागिरि ‘इको’ पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दीका ग्रामीण बस्तीलाई समेटेर एक दशकदेखि सञ्चालनमा आएको ‘इको’ पदमार्गमा पर्यटकको संख्यामा वृद्धि हुन थालेको हो ।
    पर्वतको जलजला गाउँपालिकाको वारीबेनीदेखि यात्रा सुरु हुने यो पदमार्गमा दैनिक ३० देखि ४० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् ।
    सन् २०११ अक्टोबरदेखि सञ्चालनमा आएको यो पदमार्ग पर्वतको वारीबेनीहुँदै म्याग्दीको घुमाउनेतालदेखि सुरु भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी, नागी, मोहोरेडाँडा, टिकोटहुँदै पाँच दिनपछि म्याग्दीको तिप्ल्याङमा पुगेर टुंगिन्छ । कतिपय बाह्य पर्यटकहरूले भने यो पदमार्गलाई लम्ब्याएर टिकोटहुँदै खिवाङदेखि स्वापसम्म पुगेर फर्किने गरेका छन् ।
    कोरोनाले दुई वर्ष सुनसान बनेको पदमार्गमा गत वर्षदेखि पर्यटक आउन थालेको स्थानीय जगत पाइजाले बताए । इको पदमार्गमा पर्यटन विकासका लागि तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमले सामुदायिक लज तथा होमस्टेको प्रबन्ध गरेको छ ।
    लघु उद्यम विकास कार्यक्रमले पर्वत जलजला गाउँपालिकाको बाँसखर्क र लेखफाँटको डाँडाकटेरीमा सामुदायिक लज निर्माण गरेको छ । सामुदायिक लजहरु स्थानीय समुदायले व्यवस्थापन समिति बनाएर संरक्षण र सञ्चालन गरिरहेको डाँडाकटेरी सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष सीतबहादुर पुनले जानकारी दिए ।
    इको पदमार्गमा सन् २०१२ देखि अपेक्षित मात्रामा पर्यटकहरू भित्रिएका छन् । पदमार्गमा होल्यान्ड, जर्मन, अस्टे«लिया, हङकङलगायत पछिल्लो समय आन्तरिक पर्यटकहरू समेत उल्लेख्य मात्रामा आउने गरेको होमस्टे सञ्चालक यामबहादुर पाइजाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend