९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ढोरपाटनमा राजमोको सन्देश प्रवाह कार्यक्रम


जनमञ्च संवाददाता
  • २६ चैत्र २०७९ , आइतबार

  • ढोरपाटनमा राजमोको सन्देश प्रवाह कार्यक्रम

    बागलुङ, २६ चैत्र– राष्ट्रिय जनमोर्चा बागलुङको सातौ जिल्ला सम्मेलनको सन्देश प्रवाह कार्यक्रम शनिबार बुर्तिबाङ बजारमा सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले सातौं जिल्ला सम्मेलनले पार्टीलाई नयाँ जोशका साथ अघि बढ्ने म्याण्डेड दिएको बताउँदै जनस्तरमा पार्टीको नीति, कार्यक्रम र जनजिविकाको सवाल लिएर जानुपर्नेमा जोड दिए ।
    पाण्डेले देशमा चरम आर्थिक संकटको कारण संघियता भएको भन्दै संघियता खारेज नगरे देशी विदेशी शक्तीले नेपालको अस्तित्व समाप्त पार्ने खतरा बढेको औल्याए ।
    कार्यक्रममा अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष एवम् जनमोर्चाका जिल्ला सदस्य धनबहादुर अदै, बुद्विजीवि धनबहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    अराजकता र संघियता खारेजी लगायतका माग राखेर राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नगर उपाध्यक्ष तमबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सचिव तुल्सीराम खरेल र सन्चालन नगर कार्यालयका सचिव कुलबहादुर छन्त्यालले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend