बागलुङ, २७ चैत्र– काठेखोला गाउँपालिका–४ तंग्रामका एक सय घरपरिवारलाई ‘फस्ट एड बक्स’ वितरण गरिएको छ ।
बेलनेश टिम नेपालको आर्थिक सहयोग, रोट्रयाक्ट क्लव अफ बागलुङ तथा रोट्रयाक्ट क्लब अफ किस्ट मेडिकल कलेजको सहकार्य र समाज परिवर्तनशील युवा संजालको व्यवस्थापनमा ‘फस्ट एड बक्स’ वितरण गरिएको हो ।
सो अवसरमा तंग्राम स्वास्थ्य चौकीलाई एक थान ह्वीलचियर सहयोग गरिएको रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगरले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी सुदीप न्यौपाने, विर्श आचार्य, दिपा डंगोल र सुचिन शाहले स्त्री तथा विभिन्न रोगका विषयमा परामर्श दिएका थिए । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम रनबहादुर पुनको अध्यक्षता, पशुपति आधारभूत विद्यालयका प्रअ नरबहादुर थापाको स्वागत र समाज परिवर्तनशील युवा संजालका सचिव विष्णु आलेको संचालनमा सम्पन्न भएको थियो ।