९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जनशक्ति अभावमा पर्वत अस्पतालका भेन्टिलेटर प्रयोगबिहीन


जनमञ्च संवाददाता
  • १ बैशाख २०८० , शुक्रबार

  • जनशक्ति अभावमा पर्वत अस्पतालका भेन्टिलेटर प्रयोगबिहीन

    पर्वत, १ बैशाख– जनशक्तिको अभावमा पर्वत जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोभिड महामारीमा भित्राईएका ७ भेन्टिलेटर जनशक्ति अभावमा प्रयोगविहिन बनेका हुन् ।
    गण्डकी प्रदेश सरकारले दिएको एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । तीन चिकित्सक र तीन जना नर्सले भेन्टिलेटर सञ्चालनका लागि तालिम लिएपनि हालसम्म उनीहरूको दक्षता प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणा अधिकारीले बताइन् ।
    १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको पर्वत अस्पताल पुरानोबाट नयाँ भवनमा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनमा जडान गरिएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा थन्किएका छन् । आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डा. अधिकारीले बताइन् ।
    सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भएपनि एक जना पनि नहुँदा समस्या भएको डा. अधिकारीको भनाई छ । अहिले २४ जना नर्सको भरमा अस्पताल चलाउनुपरेको डा. अधिकारीले बताइन् ।
    कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले सहयोग गरेका थिए । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका चिकित्सक पठाए वा प्रदेश सरकारले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा भेन्टिलेटर सञ्चालन गर्न सकिने डा. अधिकारी बताउँछिन् ।
    अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक–पटक कुरा गरेपनि सुनुवाइ नभएको बताए । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले सुविधा पनि पाउन नसकेको उनको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend