९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नयाँ भेरिन्य देखिएसंगै कोरोना संक्रमित बढ्दै


जनमञ्च संवाददाता
  • २ बैशाख २०८० , शनिबार

  • नयाँ भेरिन्य देखिएसंगै कोरोना संक्रमित बढ्दै

    काठमाडौं, २ बैशाख– पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ९७ पीसीआर र १ हजार २ सय २७ एन्टिजेन परीक्षणमा ३४ र १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
    नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।
    कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटअनुसार हाल संस्थागत आइसोलेसनमा ३२, आईसीयूमा ११ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend