९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चित्रबहादुर केसीको चुनाव खर्च १८ लाख


जनमञ्च संवाददाता
  • ११ बैशाख २०८० , सोमबार

  • चित्रबहादुर केसीको चुनाव खर्च १८ लाख

    बागलुङ, ११ बैशाख– प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।
    केसीका निर्वाचन प्रतिनिधि थानेश्वर पाध्याले आइतबार बागलुङमा पत्रकार सम्मेलन गरेर निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका थिए । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको निर्वाचन आयोगले बैशाख १२ गतेभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
    विवरण अनुसार केसीले सबैभन्दा धेरै खर्च सवारी साधनको भाडा र इन्धनमा गरेका छन् । ८ लाख ६० हजार रुपैयाँ सवारीका लागि मात्रै खर्च भएको पाध्याले बताए । त्यस्तै, मतदाता नामावली छपाईमा ९० हजार, प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, कार्यालय सञ्चालनमा २ लाख प्रतिनिधि परिचालनमा २ लाख ५० हजार, प्रचारप्रसारमा ४० हजार, सामाजिक सञ्जालमा १० हजार र बिबिध खर्च १ लाख ३४ हजार भएको पाध्याले बताए ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीलाई निर्वाच खर्च जुटाउन जिल्लाभर रहेका बिभिन्न कमिटिहरुले सहयोग गरेका थिए । त्यस्तै, देश विदेशमा रहेका शुभचिन्तक र केसी परिवारबाट समेत निर्वाचन खर्च सहयोग प्राप्त भएको पाध्याले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend