९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पहिचान बन्दै सिस्नो, बाँको र आलु


जनमञ्च संवाददाता
  • १४ बैशाख २०८० , बिहिबार

  • पहिचान बन्दै सिस्नो, बाँको र आलु

    तस्बिर गुगलबाट

    बागलुङ, १४ बैशाख– वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक पनि छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।
    प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ३ दमेकका उद्यमीको परिचय बाँको, सिस्नो र आलुले बदलेको छ ।
    जैमिनीका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बढ्दो छ । पहिले तरकारीका रूपमा प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले साथ दिँदै तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित बनेका छन् ।
    ‘यो वर्ष मात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन’ गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष अध्यक्ष तारादेवी पुनले भनिन्, ‘अब सिस्नो उत्पादनमा लाग्नुपर्ने देखियो ।’ पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो संरक्षणमा जुटेका छन् ।
    सामान्य प्रचारप्रसार हुँदामात्रै चितवन, काठमाडाँै, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको छ । यसले स्थानीय महिलालाई आम्दानी राम्रो भएको छ । प्रतिकेजी ६ सय ५० रुपैयाँमा सिस्नोको धुलो बिक्री भइसकेको पुनले बताइन् ।
    सिस्नोको धुलोजस्तै दमेकको परिचय बनेको बाँकोको गुन्द्रुक एक सय ग्रामलाई दुई सयमा बिक्री हुने गरेको छ । यस्तै, किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र बिक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend