बागलुङ, १८ बैशाख– धौलागिरी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले वर्तमान अवस्थामा वित्तिय संस्थाप्रतिको भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याए । आर्थिक क्षेत्रमा देखिएको संकटले बित्तिय संस्थाप्रतिको विश्वासमा संकट ल्याएको भन्दै उनले संकटको अवस्थामा सबैले सचेतनामा ध्यान दिनुपर्नेमा जोड दिए ।
साधारण सभामा सचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिबेदनसहित आ.व. २०७८÷२०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचीहरु पारित भएका छन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले वर्तमान अवस्थामा संस्थाको छोटो वित्तीय अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ, संस्थाका पूर्व बाह्य लेखापरिक्षक सुनिल देवकोटा, लेखापरिक्षक दिपेश खतिवडा, पुर्व संचालक कृष्णराज शर्मा, संस्थाका संचालक समितिका सदस्य उत्तम कुमार राजभण्डारीले बोलेका थिए ।
कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीको अध्यक्षता, सञ्चालक समितिका सदस्य सिर्जना थापाको स्वागत र संस्थाका वित्त तथा योजना विभाग प्रमुख तथा कम्पनी सचिव दुर्गाबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।