९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ताराखोलामा रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिम


जनमञ्च संवाददाता
  • २१ बैशाख २०८० , बिहिबार

  • ताराखोलामा रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिम

    बागलुङ, २१ बैशाख– नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा ताराखोला गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस उपशाखाका स्वयंसेवकका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ ।
    बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले तालिमको उद्घाटन गर्दै बिपत्मा स्वयंसेवकहरुको पहिचान र महत्व हुने भन्दै तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरिन् ।
    नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, उपसभापति राजेन्द्र आचार्यको संचालन र उपाध्यक्ष सीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा रेडक्रसका सात सिद्दान्तबारे जिल्ला सदस्य कृष्ण आचार्यले जानकारी गराएका थिए । कार्यक्रममा ताराखोलाका ३५ जना स्वयंसेवकहरु सहभागि छन् ।
    कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बिष्णु शर्मा, प्रमुख प्रशिक्षक टिकारामज पौडेललगायतले बोलेका थिए । तालिममा पौडेलसहित कर्णबहादुर कार्की, किरण सेढाइ र श्रीषा ढकालले सहजीकरण गर्नेछन् ।
    क्यानेडियन रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा नेपालका तीन जिल्लामा प्राथमिक उपचार तालिम तथा बिपत जोखिम न्युनिकरण कार्यक्रम संचालन भएको सभापति जगन्नाथ आचार्यले बताए ।
    बागलुङको काठेखोला र ताराखोला गाउँपालिकामा परियोजना संचालनमा रहेको छ । ती पालिकामा नियमित काम गर्ने गरी रेडक्रसले दुइ÷दुइ जना सामाजिक परिचालक र एक जना स्टाफ नर्स खटाएर जोखिमको नियमित अनुगमन र रिपोर्टिङ गरिरहेको छ ।
    काठेखोलामा आपतकालिन स्वास्थ्य प्रतिकार्य योजना निर्माण कार्यशाला
    बागलुङकै काठेखोला गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य चौकीका इन्चार्ज र स्वास्थ्य शाखाका प्रमुख समेतलाई एक दिने आपतकालिन स्वास्थ्य प्रतिकार्य योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
    गाउँपालिकाको आयोजना र रेडक्रस सोसाइटी बागलुङकै प्राविधिक सहयोगमा भएको कार्यशालाले वार्षिक कार्ययोेजना तथा बिपत् व्यबस्थापन तालिका समेत बनाएको छ ।
    कार्यशालामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बिपत् बाजा बजाएर नआउने भएकोले तयारी भएर जोखिम न्युनिकरणमा लाग्ने काम धेरै राम्रो भएको बताए ।
    रेडक्रसका सभापति जगन्नाथ आचार्यकै अध्यक्षता, जिल्ला सदस्य कृष्ण आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा रेडक्रसका पूर्व सभापति जब्बरबहादुर लामिछाने, केन्द्रीय स्वास्थ्य बिभाग प्रमुख भोला घिमिरे, दिपक घिमिरे, नलेज डभलपमेन्ट रिसर्च सेन्टरका प्रमुख कृष्णमणी खनाल लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend