१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

संभावित आयोजनाको पहिचान गरे पुँजीको अभाव हुँदैन : अध्यक्ष ढकाल


जनमञ्च संवाददाता
  • २४ बैशाख २०८० , आइतबार

  • संभावित आयोजनाको पहिचान गरे पुँजीको अभाव हुँदैन : अध्यक्ष ढकाल

    तस्बिर : सुवास आचार्य

    बागलुङ, २४ बैशाख– पद सम्हालेपछि पहिलोपटक गृह जिल्ला बागलुङ आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङका व्यवसायीलाई ढाडस दिँदै सम्भावित क्षेत्रमा आयोजनाको पहिचान गरेमा पुँजी र प्रविधिको अभाव हुन नदिने बताएका छन् ।
    बागलुङ उद्योग बाणिज्य संघको शनिबार आयोजित ५९ औं बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘बागलुङको पर्यटन, कृषि र उर्जा लगायतका क्षेत्रमा लगानीको सम्भावना छ, त्यसको पहिचान गर्नुस् राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी भित्राउन तयार छु ।’
    ढकालले सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्नु उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहेको बताए । ‘सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्ने स्थिती उद्योगी व्यवसायीका लागि दुखद हो’ ढकालले भने ।
    ढकालले अर्थतन्त्रमा देखिएको वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा, शेयर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीको पनि कमजोरी रहेको बताए ।
    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघंकाका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, महासघंका नगर तर्फका उपाध्यक्ष सुरकृष्ण श्रेष्ठ, वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, नेपाली काँग्रेसका सहसचिव ज्ञानकुमारी श्रीस, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओबादी केन्द्रका ईञ्चार्ज बलावती शर्मा, रास्वापाका अध्यक्ष गणेस पौडेल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एकबहादुर केसी, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए ।
    यस्तै, बागलुङ उद्योग बाणिज्य सघंका निवर्तमान अध्यक्ष युवराज राजभण्डारी, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र म्याग्दी उद्योग बाणिज्य सघंका अध्यक्ष बेल बहादुर कटुवाल, बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका अध्यक्ष अर्चना पालिखेले बोलेका थिए ।
    कार्यक्रममा खोजमुलक तथा आर्थिक पत्रकारिता गरेको भन्दै राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश संयोजक राम थापा, उत्कृष्ट व्यव्सायी लगायत उद्योग बाणिज्यसंग सम्बन्धीत विभिन्न क्षेत्रकालाई सम्मान गरिएको थियो ।
    कार्यक्रम बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेलको अध्यक्षता तथा स्वागत, महासचिव ऋषिराम गौतमको संचालन र वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको समापन मन्तव्यमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend