९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङका ५८ प्रतिशतले मात्रै गर्छन् स्वास्थ्य संस्थामा गर्भ जाँच


जनमञ्च संवाददाता
  • २८ बैशाख २०८० , बिहिबार

  • बागलुङका ५८ प्रतिशतले मात्रै गर्छन् स्वास्थ्य संस्थामा गर्भ जाँच

    बागलुङ, २८ बैशाख– जिल्लामा नियमित गर्भपरीक्षण गर्ने, भिटामिन ‘ए’ खानेहरुको संख्या पनि कमी छ । ४८ प्रतिशत गर्भवतीले भिटामिन ‘ए’को प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्यांक छ ।
    ‘विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने प्रोटोकल बनाएको छ, तर चार पटक जाँच गराउनेको संख्या नै कम छ’ शर्माले भने ‘गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम ५ प्रतिशत गर्भवतीले आठ पटक जाँच गराएका छन् ।’
    गर्भावस्थामा मात्रै होईन प्रसुती अबस्थामा समेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ । सुत्केरी अबस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ । तर, प्रोटोकल अनुसार सुत्केरी अबस्थामा पनि गर्नुपर्ने जाँचहरु नहुने गरेको तथ्यांक छ ।
    बागलुङमा सुत्केरी अबस्थामा जाँच गर्नेको संख्या ३० प्रतिशत मात्रै छ । ‘बच्चा जन्मेको २४ घण्टामा पहिलो पटक, तीन दिन र सात दिनमा एक÷एक पटक तथा ४५ दिन सम्ममा एक पटक आमा र बच्चाको स्वास्थ्य जाँच गर्नै पर्छ, तर, पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकै पटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्’ धौलागिरी अस्पताल बागलुङका स्त्रीरोग बिषेशज्ञ डा. विजय ओझाले भने ‘बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तश्राव हुने, पाठेघर नखुम्चिने समस्या आउन सक्छन्, समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ ।’
    बागलुङका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कयौं राम्रा कामहरु गरिरहेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा संघीय सरकारका कार्यक्रमहरु हुँदा हुँदै पनि नागरिक तहमा रहेको हेलचक्राईं गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने कारण बन्ने गरेका छन् ।
    बागलुङमा सत प्रतिशत संस्थागत सुत्केरी हुन्छन् । तर स्वास्थ्यका मापदण्ड पालनमा कयौं चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परिवार नियोजन, सुरक्षीत मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको बिषयमा सरोकारवाला सबै गम्भिर हुनुपर्ने बताउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend