९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बलेवाको नारायणस्थान स्वास्थ्यचौकी भवनको शिलान्यास


जनमञ्च संवाददाता
  • ३० बैशाख २०८० , शनिबार

  • बलेवाको नारायणस्थान स्वास्थ्यचौकी भवनको शिलान्यास

    बागलुङ, ३० बैशाख– बागलुङ नगरपालिकाको बलेवास्थित नारायणस्थान स्वास्थ्यचौकी भवनको शुक्रबार शिलान्यास गरिएको छ । भवनको शिलान्यास गर्दै गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले ग्रामीण तहका स्वास्थ्यचौकीमा पनि डाक्टर सहितको सेवा संचालन गर्नुपर्ने बताए ।
    नीतिगत रुपमा त्यो व्यवस्थापन गरेर प्रदेश तहका स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट अनिवार्य डाक्टर आएर काम गर्ने वातावरण बनाउन पहल गर्ने सुवेदीले बताए । ‘गाउँमा ंिसंहदरवार आएझै वडा वडामा स्वास्थ्य सेवा र उपचार निशुल्क पाउनुपर्छ’ सुवेदीले भने, ‘शिक्षा र स्वास्थ्य निशुल्क सेवा भएमा नागरिकले धेरै अपेक्षा गर्दैनन् ।’
    कार्यक्रममा बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले भवन निर्माणलाई गुणस्तर युक्त बनाउन नगरपालिकाले निरन्तर अनुगमन गर्ने र समयमा काम सक्नुपर्ने शर्त राखिएको जानकारी दिए । उपभोक्ता र नागरिकले गुणस्तर मापनमा ध्यान दिनुपर्ने उनले बताए ।
    उपस्वास्थ्य चौकी सरहको सेवा मात्रै भएकोमा अब स्वास्थ्यचौकीबाट हुने सबै सेवा प्रवाह हुनेगरी भवन बन्न लागेको स्वास्थ्यचौकीका प्रमुख ऋषिराम शर्माले बताए ।
    बागलुङ नगरपालिकाले १ करोड ८१ लाख २० हजारको लागतमा स्वास्थ्यचौकीको भवन बनाउन लागेको हो । चौकी बनाउन डिएण्डजी प्रसाद संयुक्त निर्माण कम्पनीले आगामी बर्षको चैत मसान्त सम्ममा काम सक्ने गरी काम थालेको हो । २ तले भवनमा वर्थिङ सेन्टर, ओपिडी, इमरजेन्सी र ५ बेडको उपचार कक्ष बन्ने छ ।
    वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माको संचालन र भवन निर्माण समितिकी सदस्य गंगादेवी पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले पूर्वाधारको काम समयमा सक्नुपर्ने, गणस्तर बन्नुपर्ने, समयमा सक्ने र आम नागरिकले निरन्तर खवरदारी हुनुपर्ने बताए । कार्यक्रममा स्थानीयले भवन बन्ने भएपछि उपचार सेवा पनि गुणस्तरीय बन्ने र घरछेवैमा सेवा पाउने आसा व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend